दफा ७३
सहायक कम्पनीमा लगानी
(१) बीमकले प्राधिकरणबाट स्वीकृति लिई आफ्नो सहायक कम्पनी स्थापना (गर्न वा त्यस्तो कम्पनीमा लगानी गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम सहायक कम्पनी स्थापना गर्न वा लगानी गर्न स्वीकृति प्रदान गर्दा प्राधिकरणले आवश्यक शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित बीमकको कर्तव्य हुनेछ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बीमक आफैंले सञ्चालन गर्दै आएको किसिमको बीमा व्यवसाय गर्ने सहायक कम्पनी स्थापना गर्न वा त्यस्तो कम्पनीमा लगानी गर्न सक्ने छैन।

(४) बीमकले गर्ने लगानी सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ।